यी पाँच कम्पनीका लगानीकर्ता आज मालामाल, अन्यको अवस्था कस्तो ?


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २३.८७ अंकले बढ्दा ५ कम्पनीका लगानीकर्ता मालामाल भएका छन्। आज नेप्सेमा सबैभन्दा बढी सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका लगानीकर्ताले कमाएका छन्। आज नेप्से बढेसँगै यी दुवै कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्।

त्यस्तै, अन्य तिन कम्पनीका लगानीकर्ताले समेत १० प्रतिशतका हाराहारी कमाएका छन्। जसमा क्रमशः नेशनल हाइड्रोपावरका कम्पनीले ९.९७ प्रतिशत, होटल फरेष्ट इनका लगानीकर्ताले ९.९३ प्रतिशत र दरमखोला हाइड्रो इनर्जीका लगानीकर्ताले ९.४६ प्रतिशतका दरले कमाएका छन्।

यससँगै आज कुमारी सबल योजनाका लगानीकर्ताले ३.७२ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, एनआइबीएल ग्रेथ फण्डका लगानीकर्ताले ३.५४ प्रतिशतका दरले गुमाएका छन्। त्यसैगरी, आज नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६७ करोड ७९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको ५६ करोड ८३ लाख रुपैयाँ, त्यस्तै कुमारी बैंकको ४४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।