काठमाडौं – आज शेयर बजार दोरोहो अंकले बढेर बन्द भएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) २३.८७ अकंले बढ्दा परिसुचक २८ सय २० दशमलव ४४ को बिन्दुमा कायम भएको छ। आज ३३५ कम्पनीको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ५५ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज १८६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको शेयर मूल्य घटेसँगै ९ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ। आज यस कम्पनीको ६७ करोड ७९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, हाइड्रोइलेक्ट्रीसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटरको ५६ करोड ८३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज सबैभन्दा धेरै सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्स्का लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ९.९७ प्रतिशत दरले कमाएका छन्।
त्यसैगरी आज सर्वाधिक गुमाउनेमा कुमारी सबल योजनाका कम्पनीका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.७२ प्रतिशतका दरले गुमाएका हुन्। आज बैंकिङ्ग उपसूचक सबैभन्दा धेरै २.०२ प्रतिशतले बढेको छ। १९ वटै वाणिज्य बैंकको शेयर मूल्य बढेकाे छ। त्यस्तै, विकास बैंक उपसूचक पनि १.२८ प्रतिशतले बढ्दा १२ विकास बैंकको शेयरमूल्य बढेको छ भने ४ विकास बैंकको शेयरमूल्य घटेकाे छ।



About Us
प्रतिक्रिया