काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेड र मेट्रो ल्याब प्रा.लि. बीच स्वास्थ्य परीक्षण सेवामा छुट उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
कमलादीस्थित रिलायन्स फाइनान्सको प्रधान कार्यालयमा सम्पन्न उक्त सम्झौताअनुसार मेट्रो ल्याबले रिलायन्स फाइनान्सका कर्मचारी तथा ग्राहकहरुलाई विभिन्न स्वास्थ्य परीक्षण सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्नेछ।
सम्झौताअनुसार मेट्रो ल्याबले प्रदान गर्ने फुल बडी हेल्थ प्याकेजमा लाग्ने शुल्कमा १० प्रतिशत छुट तथा अन्य ल्याब परीक्षणहरुमा ३० प्रतिशतसम्म छुट उपलब्ध गराउने सहमति भएको छ।
सम्झौतापत्रमा रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत डा. बुद्धि मल्ल र मेट्रो ल्याबका प्रबन्ध निर्देशक नितिशंकर देवकोटाले हस्ताक्षर गरेका हुन्।
काठमाडौंको बानेश्वरबाट सेवा प्रदान गर्दै आएको मेट्रो ल्याबमा रिलायन्स फाइनान्सको मोबाइल बैंकिङ एप तथा एटीएम कार्डमार्फत भुक्तानी गर्दा कर्मचारी तथा ग्राहकहरुले उक्त छुट सुविधा प्राप्त गर्नेछन्।
देशभर २१ वटा शाखा सञ्चालन गर्दै आएको रिलायन्स फाइनान्सले यसअघि पनि चितवनको लर्डस् सिबिसी प्लाजा, मण्डला होल्डिङ्स, लर्डस् प्राइम काठमाडौं, डायमण्ड प्लालेस र लर्डस् प्लाजा नेपालगञ्जसँग विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता गरिसकेको छ।



About Us
प्रतिक्रिया