काठमाडौं – रिलायन्स फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा ईश्वारी प्रसाद न्यौपाने नियुक्त भएका छन्। कम्पनीको फागुन २७ गते बसेको सञ्चालक समितिको ३३६ औं बैठकको निर्णयले सो पदमा न्यौपाने नियुक्त भएका हुन्।
यसअघि सो पदमा कुशल प्रसाद शर्मा मल्लीले कार्यभार सम्हाल्दै आएका थिए। कम्पनीले उनले दिएको राजीनामा स्वीकृत गरेसँगै सो पदमा न्यौपानेलाई नियुक्त गरेको कम्पनीले जनाएको छ।



About Us
प्रतिक्रिया