काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६.७८ अंकले घट्दासम्म ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज नेप्सेमा सर्वाधिक कमाउने कम्पनीमा सालपा विकास बैंक, नेशनल हाइड्रोपावर कम्पनी, रिलायन्स स्पिनिङ मिल्स, त्यस्तै रिदि पावर कम्पनी र कुमारी सबल योजना रहेका छन्।
जसमा सालपा विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ९.९६ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्स्का लगानीकर्ताले ९.३३ प्रतिशतका दरले कमाएका हुन्। त्यसैगरी, रिदि पावर कम्पनीका लगानीकर्ताले ५.७२ र कुमारी सबल योजनाका लगानीकर्ताले ५.१८ प्रतिशतका दरले कमाएका हुन्।
त्यसैगरी आज कालिका पावर कम्पनीका लगानीकर्ता सबैभन्दा बढी गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले गुमाएका हुन् । त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ५.७७ प्रतिशतका दरले गुमाएका छन्। यससँगै, थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ५.३७ प्रतिशत, ट्रेड टावरका लगानीकर्ताले ४.४७ प्रतिशतका दरले गुमाएका छन्।यससँगै आज सबैभन्दा धेरै रिदि पावर कम्पनीको शेयर कारोबार भएको छ।
आज यस कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड ३९ लाख रुपैयाँ, नेशनल हाइड्रोपावर कम्पनीको ४९ करोड ५७ लाख रुपैयाँ, अपी पावर कम्पनीको ४४ करोड ९८ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।



About Us
प्रतिक्रिया