दोस्रो दिन पनि भारी गिरावट: परिसूचक ४६ दशमलव ७८ अंकले घट्दा कारोबार रकम १३ अर्बमा खुम्चियो

‘वाणिज्य बैंक समू्रहमा २२ दशमलव ११ अंकको गिरावट’


काठमाडौं – आज शेयर बजार भारी अंकले घटेर बन्द भएको छ। आज शेयर बजारमा मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६.७८ अकंले घटेर परिसुचक २७ सय ९६ दशमलव ५७ को बिन्दुमा कायम भएको छ। आज ३२९ कम्पनीको ३ करोड ६० लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १८ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज ३४ कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ कम्पनीको शेयर मूल्य घटेसँगै ३ कम्पनीको शेयर मूल्य भने स्थिर देखिएको छ। आज सबैभन्दा धेरै रिदि पावर कम्पनीको शेयर कारोबार भएको छ। आज यस कम्पनीको ८५ करोड ९४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

त्यस्तै, आँखुखोला जलविद्युत कम्पनीको ५१ करोड ३९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै सालपा विकास बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, नेशनल हाइड्रोपावर कम्पनीको ९.९६ प्रतिशत र रिलायन्स स्पिनिङ मिल्स्का लगानीकर्ताले ९.३३ प्रतिशतका दरले कमाएका हुन्।

त्यसैगरी आज सर्वाधिक गुमाउनेमा कालिका पावर कम्पनीका लगानीकर्ता रहेका छन्। आज यस कम्पनीका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले गुमाएका हुन्। त्यस्तै, पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ५.७७ प्रतिशतका दरले गुमाएका छन्।

फाइनान्स समूहको शेयर मूल्यमा भारी गिरावट देखिएको छ। फाइनान्स समूहको शेयर मात्रै २.०८ प्रतिशतले घटेको छ। साथै, वाणिज्य बैक समूहको १.८२ प्रतिशत, विकास बैंक समूहको १.६१ प्रतिशत, होटल तथा पर्यटन समूहको १.५६ प्रतिशतले शेयर मूल्य घटेको छ।