काठमाडौं – दुई हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेवोन) बाट आईपीओ निष्कासनको अनुमति पाएका छन्। बोर्डले कालंगा हाइड्रो लिमिटेड र सानीगड हाइड्रो लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो।
जसमा कालंगा हाइड्रोले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरको ४९ करोड रुपैयाँ बराबरको ४९ लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको छ। यस कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।
यससँगै, सानीगड हाइड्रोले समेत प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्कासनको अनुमति पाएको हो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।



About Us
प्रतिक्रिया