आज २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?


काठमाडौं – मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ भने चाँदी मोल स्थिर छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला तीन लाख १९ हजार रूपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० रुपैयाँ निर्धारण भएको छ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको थियो भने एक तोला चाँदीको मूल्य पाँच हजार ७२० निर्धारण भएको थियो। सोमबार एक तोला सुन तीन लाख १३ हजार २०० रूपैयाँ र त्यति नै परिमाणको सेतो धातु पाँच हजार ४१० रूपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २१० र त्यति नै परिमाणको सेतो धातु ८९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।