काठमाडौं – जिल्ला अदालत भक्तपुरबाट फैसला कार्यान्वयन भएका चेक अनादर मुद्दाका २ जना र बैंकिङ्ग कसुरका १ जना गरी ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेकामध्ये भक्तपुर सूर्य विनायक नगरपालिका– १ बस्ने दीपक न्यौपानेलाई दोषी ठहर गरी ५ दिन जेल र चार लाख जरिवाना सजाय फैसला भएको प्रहरीले जनाएको छ।
साथै, उनलाई कारागार कार्यालय जगन्नाथ देवल, काठमाडौं चलान गरिएको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया