काठमाडौं – मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको विराटनगर बस्ने सिकेन्द्र यादव र मो.ज्याउदिन रहेका छन्।
प्रहरीले विराटनगर महानगरपालिका –७ अदालत गेटबाट ११ प ९६३९ नम्बरको मोटरसाइकल र टनगर महानगरपालिका–१२मा रहेको बिरयानी अड्डा एण्ड तन्दुरी पसलको पार्किङ स्थलमा राखेको प्रदेश ०१–०१–००१ प ३६०१ नम्बरको मोटरसाइकल हराएको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटी गई उक्त मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको छ।
उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।



About Us
प्रतिक्रिया