काठमाडौं – प्रतिनिधिसभाको निर्वाचनका कारण रोकिएको नियमित बजार अनुमगन पुनःसुरु भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ एकैपटक १७ वटा फर्ममा अनुगमन गरेको छ।
अनुमगनका क्रमममा कैफियत देखिएपछि सुजल ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजात लिइ तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ।
विभागले थप १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ। स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी एवं सरोकारवालाको उपस्थितिमा विभागले नियमित रुपमा बजार अनुमगन गर्दै आएको छ।



About Us
प्रतिक्रिया