लुकिछिपी मतदान गर्न आएका बैंकिङ्ग कसुरमा २ लाख बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ 


काठमाडौं – लुकिछिपी मतदान गर्न आएका बैंकिङ्ग कसुरका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्याङ्जाका पुतली बजारका बुद्धिमान शाही रहेका छन्।

उनी दुई वटा बैंकिङ्ग कसुरको मुद्दामा फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको एउटा बैंकिङ्ग कसुरको मुद्दामा २ दिन कैद र १ लाख ६३ हजार जरिवाना र अर्कोमा एक दिन कैद र १ लाख जरिवाना तोकिएको थियो। 

जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतमा कार्यरत टोलीले उनलाई  पक्राउ गरी कैद भुक्तान, तथा जरिवाना असुलको लागि स्याङ्जा जिल्ला अदालतमा पठाइएको प्रहरीले जनाएको छ।