मकर जितुवा हाइड्रोपावरको ६० लाख कित्ता बढी शेयरको लकइन अवधि सकिँदै


काठमाडौं – मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको ६० लाख बढी कित्ता शेयरको लकइन अवधि आगामि चैत २८ गते सकिने भएको छ। कम्पनीको कुल ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लकइन अवधि आगामी चैतमा सकिने भएको हो।

जसमध्ये कम्पनीको संस्थापकतर्फको शेयर ५३ लाख २० हजार कित्ता त्यस्तै, कर्मचारीतर्फको ३२ हजार २८ कित्ता र स्थानीय बासिन्दाको नाममा रहेको ६ लाख ७८ हजार ६०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो। कम्पनीले २०७९ चैत २९ गते सर्वसाधारणका लागि आईपीओ निष्काशन गरी बाँडफाँट गरेको थियो।

सर्वसाधारणमा आईपीओ बाँडफाँट गरेको मितिले ३ वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीय बासिन्दाको शेयर लकइनमा राख्नु पर्ने प्रावधान छ। सो प्रावधान अनुसार सो अवधिमा शेयरको अवधि सकिन लागेको हो।