शेयर बजारमा रास्वपा प्रभावः सबै कम्पनीको शेयर मूल्य बढ्दा घट्यो रिलायन्स, आईपीओको लगानी उठाउनै मुस्किल


काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोस्रो पटक कारोबार रोकिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको निर्वाचनमा दुई तिहाई बहुमत ल्याएपछि शेयर बजार कारोबार सुरु भएको २५ र २१ मिनेटमा नै दुई पटक कारोबार रोकिएको हो।

यससँगै २३९ कम्पनीको शेयर मूल्य बढ्दा रिलायन्स स्पिनिङ मिल्स मात्रै शेयर मूल्य घटेको छ। कम्पनीको शेयर मूल्य १.४९ प्रतिशतले घटेर ६७५.३० मा रोकिएको छ। यससँगै, कम्पनीमा गरेकाे प्रतिकित्ता ८२० रुपैयाँकाे लगानी नउठ्ने जाेखिम बढेकाे छ।

कम्पनीकाे वित्तिय सूचक कमजाेर हुँदा पनि बुक बिल्डिङ विधिबाट प्राथमिक शेयरकाे भाउ उच्च कायम गरिएकाे थियाे। विवादकाबीच कम्पनीले लगानीकर्तालाई शेयर बिक्रि गरेरपनि नेपाल स्टक एकस्चेञ्ज नेप्सेले सुरुवाती काराेबार मूल्य ३०० रुपैयाँ अधिकतम ताेकेकाे थियाे।

साेअनुसार शेयर बिक्रि मूल्य बराबर शेयर मूल्य पुर्याउन कम्पनीका लगानीकर्ताले मेहनेत गरेपनि सबैजसाे कम्पनीकाे मूल्य बढेपनि आज रिलायन्सकाे मूल्य भने घटेकाे हो।