काठमाडौं – आजदेखि नेपाल राष्ट्र बैंकका दुई उच्च पद रिक्त भएका छन् । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय डा. नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र आजदेखि पाँच वर्षीय कार्यकाल सकाएर अवकाशमा गएसँगै दुई उच्च पद रिक्त भएका हुन् ।
दुई डेपुटी गभर्नर आइतबारदेखि अवकाशमा गएका हुन् । डेपुटी गभर्नर नियुक्तिका लागि हालसम्म प्रक्रिया अघि बढेको छैन । डेपुटी गभर्नरद्वयको कार्यकाल सक्किदासम्ममा नयाँ डेपुटी नियुक्ति गर्नुपर्ने व्यवस्था रहेपनि निर्वाचनका कारण नियुक्ती प्रक्रिया अघि नबढेको हो ।
नेपाल राष्ट्र बैंक ऐनअनुसार कार्यकारी निर्देशकहरूमध्येबाट तीन योग्य व्यक्तिलाई गभर्नरले सिफारिस गर्नुपर्छ। डेपुटी गभर्नर पद राष्ट्र बैंकको नीति निर्माण, मौद्रिक व्यवस्थापन, बैंकिङ्ग प्रणालीको निगरानी तथा समष्टिगत आर्थिक स्थायित्वसँग प्रत्यक्ष जोडिएको महत्वपूर्ण पद मानिन्छ। यस पदका लागि हुने छनोट प्रक्रियालाई बैंकभित्र र वित्तीय क्षेत्रमा चासोका साथ हेरिएको छ।



About Us
प्रतिक्रिया