काठमाडौं – धेरैका लागि बाल्यकाल रमाइलो सम्झनाले भरिएको हुन्छ। आमाबुबाको माया, खेलकुद र विद्यालय जीवनका अनुभवहरूले त्यो समयलाई अविस्मरणीय बनाइदिन्छ। नबिल बैंककी रिटेल लेन्डिङ प्रमुख लक्ष्मी ढकालका लागि पनि बाल्यकाल साधारण तर मूल्यवान् सिकाइले भरिएको थियो। सानैदेखि उनले अनुशासन, इमानदारिता र परिश्रमका संस्कार सिकिन्, जसले उनको व्यक्तित्व निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्यो।
ढकाल अध्ययनका लागि सानैदेखि होस्टेलमा बस्ने गर्थिन्। होस्टेल जीवन पूर्ण रूपमा अनुशासित वातावरणमा चल्थ्यो । बिहान उठ्ने समयदेखि पढाइ, खेलकुद र विश्रामसम्म सबै गतिविधि निश्चित समय तालिकाअनुसार हुन्थे। यही वातावरणले उनलाई समय व्यवस्थापन, जिम्मेवारी बोध र अनुशासित जीवनशैली विकास गर्न मद्दत गर्याे। परिवारबाट टाढा बस्दा कहिलेकाहीँ घरको याद आउँथ्यो। तर होस्टेलका साथीहरू नै उनको हौसला र प्रेरणाको मुख्य स्रोत बने। साथीहरूसँग बिताएका अनुभवले उनलाई मित्रताको मूल्य, सहकार्य (टिम वर्क) र आत्मनिर्भरता सिकायो।
बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेपछि भने उनको व्यावसायिक यात्रा निरन्तर यही क्षेत्रमा अघि बढ्यो।
आज उनी महसुस गर्छिन्, होस्टेल जीवनका ती अनुभवहरूले नै उनको व्यक्तिगत तथा व्यावसायिक जीवनको बलियो आधार निर्माण गरेका छन्। त्यही अनुशासन, सिकाइ र सहकार्यको भावना उनलाई जीवनका विभिन्न चरणमा अघि बढ्न प्रेरित गरिरहेको छ।
विद्यालय जीवनका सक्रिय दिन
ढकालले पोखरास्थित गण्डकी बोर्डिङ स्कुलबाट आफ्नो विद्यालय शिक्षा सुरु गरेकी थिइन्। विद्यालयले अनुशासन, सेवा भावना र समग्र व्यक्तित्व विकासमा विशेष जोड दिने गरेको उनको अनुभव छ। उनी स्कुल जीवनलाई सक्रिय, रमाइलो र जीवनको आधार निर्माण गर्ने चरणका रूपमा सम्झिन्छिन्। पढाइसँगै अतिरिक्त क्रियाकलाप, खेलकुद, नृत्य र नाटकमा सक्रिय सहभागिताले नेतृत्व क्षमता, आत्मविश्वास र जीवन व्यवस्थापनका सीप विकास गर्न मद्दत गरेको उनी बताउँछिन्। ‘कास्कीबाट पहिलो महिला क्षेत्रीय फुटबल प्रतियोगितामा विद्यालयको प्रतिनिधित्व गर्ने अवसर पाउनु मेरो लागि गर्वको क्षण थियो,’ उनी बाल्यकाल सम्झिँदै भन्छिन्।
बदलिँदै गएका बाल्यकालका सपना
बाल्यकालमा उनका सपना कक्षासँगै फेरिन्थे। कहिले एयर होस्टेस बन्ने चाहना जाग्थ्यो, कहिले नर्स बन्ने। कहिलेकाहीँ लक्ष्य पनि साथीहरूको सपनासँगै परिवर्तन हुने गर्थ्यो। तर उच्च माध्यमिक तहमा पुग्दा उनको सोच स्पष्ट हुँदै गयाे। त्यतिबेलासम्म उनले आफ्नो भविष्य बैंकिङ्ग क्षेत्रमा देख्न थालिसकेकी थिइन्। त्यसपछि उनले बैंकर बन्ने लक्ष्य तय गरिन् र आफ्नो ध्यान तथा तयारी बैंकिङ्ग क्षेत्रमै केन्द्रित गरिन् । त्यसैले उनले अन्य क्षेत्रमा आवेदन दिने वा करिअर खोज्ने प्रयास गरिनन्।
बैंकिङ्गबाटै सुरु भएको करिअर
ढकालको पहिलो औपचारिक जागिर नै बैंकिङ्ग क्षेत्रबाट सुरु भयो। त्यसअघि भने बिदा वा खाली समयमा उनले स्कुल तहका विद्यार्थीलाई केही कक्षाहरू पढाउने गर्थिन्। तर त्यसलाई उनले पेसा भन्दा पनि रुचि र सिकाइ बाँड्ने माध्यमका रूपमा लिएकी थिइन्।
बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेपछि भने उनको व्यावसायिक यात्रा निरन्तर यही क्षेत्रमा अघि बढ्यो। अनुशासन, स्पष्ट लक्ष्य र निरन्तर मेहनतले उनलाई आज बैंकको शाखा प्रमुखको जिम्मेवारीसम्म पुर्याएकाे। होस्टेल जीवनबाट सिकेको अनुशासन, विद्यालय जीवनले दिएको आत्मविश्वास र आफ्नै लक्ष्यप्रतिको स्पष्टता। यी तीनै आधारले लक्ष्मी ढकालको बैंकिङ्ग करिअरलाई आजको स्थानसम्म ल्याइपुर्याएकाे छ।
भारतको बैंकिङ्ग पेशाबाट प्रेरित भएकी लक्ष्मी
व्यवस्थापन विषय अध्ययन गरेका कारण पनि बैंकिङ्ग क्षेत्र स्वाभाविक रूपमा पहिलो प्राथमिकतामा परेको लक्ष्मीको भनाइ छ। व्यवस्थापन अध्ययनले वित्त, लेखा, विश्लेषण र संगठन व्यवस्थापनका आधारहरू दिएको थियो, जुन बैंकिङ्ग क्षेत्रमा प्रत्यक्ष प्रयोग गर्न सकिने ज्ञान थियो।
स्नातकोत्तर सकेपछि उनी भारतमा बसोबास गरेकी थिइन् । करिब एक वर्ष भारतमा बस्दा त्यहाँ बैंकिङ्ग पेसा निकै आकर्षक र प्रतिष्ठित देखिन् जसले उनलाई थप प्रेरित गर्यो। नेपाल फर्किएपछि उनले बैंकिङ्गमै अवसर खोजिन्।
उनी भन्छिन्, ‘नेपाल फर्किएपछि मैले दुई वटा बैंकमा आवेदन दिएँ र दुवैमा चयन भएँ । जसले पहिले अवसर दियो, त्यही बैंकबाट मेरो बैंकिङ्ग करिअर सुरु भयो।’ अन्य क्षेत्रमा पनि सम्भावना भए पनि बैंकिङ्ग क्षेत्र संरचित, अनुशासित र दीर्घकालीन करिअर विकासको स्पष्ट मार्ग भएको क्षेत्र भन्ने उनलाई लाग्यो। बैंकमा प्रत्यक्ष रूपमा ग्राहक र संस्थाको भविष्यमा प्रभाव पार्ने भएकाले जिम्मेवारी र अवसर दुवै सन्तुलित देख्थिन् जसले बैंकलाई नै रोजिन्।
बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्दाको सुरुवाती चरण सजिलो नभएको उनको अनुभव छ। नयाँ वातावरण, कडा कार्य अनुशासन, लक्ष्य प्राप्तिको दबाब र ग्राहकसँग प्रत्यक्ष जिम्मेवारी सम्हाल्नु आफैँमा ठुलो चुनौती थियो। पढाइमा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सुरुमा सहज नभएको उनको भनाइ छ। निर्णय लिनु, जोखिम मूल्याङ्कन गर्नु र समय सीमाभित्र काम सम्पन्न गर्नु सिक्न केही समय लाग्यो। तर निरन्तर सिक्ने इच्छा, वरिष्ठहरूको मार्गदर्शन र आत्मविश्वासका कारण ती चुनौतीहरू नै सिकाइको अवसर बनेको थियो। ‘आज फर्केर हेर्दा ती सुरुवाती सङ्घर्षहरूले नै मलाई व्यावसायिक रूपमा परिपक्व बनाएको महसुस गर्छु’ उनी भन्छिन्।
सुरुवाती चरणमा नयाँ कार्य संस्कृति, लक्ष्यको दबाब, जोखिम मूल्याङ्कन र ग्राहकसँग प्रत्यक्ष जिम्मेवारी सम्हाल्नु चुनौतीपूर्ण रहेको उनको भनाइ छ। सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्न सजिलो नभएको उनको भनाइ छ। निरन्तर सिक्ने प्रयास, वरिष्ठहरूको मार्गदर्शन र मेहनतका कारण ती चुनौतीहरू पार गर्न सफल भएको उनले बताइन्।
लक्ष्मीको अनुभवमा बैंकिङ्ग क्षेत्र महिलाका लागि अवसरले भरिएको क्षेत्र हो। यहाँ क्षमता, कार्यसम्पादन र प्रतिबद्धतालाई महत्त्व दिइन्छ। सुरुका दिनहरूमा चुनौतीहरू भए पनि समयसँगै वातावरण अझ समावेशी र व्यावसायिक बन्दै गएको उनको भनाइ छ। करिअर ग्रोथको यात्रा सजिलो नभएपनि निरन्तर सिकाइ, मेहनत र धैर्य आवश्यक पर्ने उनको अनुभव छ।

भविष्यमा बैंकिङ्ग क्षेत्रका महिलाहरूको क्षमता वृद्धिका लागि केही पक्षहरू अझ सुदृढ गर्न सकिने उनको बुझाई छ। जसका लागी नेतृत्व तथा व्यवस्थापन सम्बन्धी तालिम कार्यक्रम, मेंटरशिप र करिअर काउन्सिलिङ, लचिलो कार्यसमय वा परिवारमैत्री नीतिहरू, कार्यस्थलमा समान अवसर र पारदर्शी पदोन्नति प्रणाली सुधारहरूले महिलालाई दीर्घकालीन रूपमा नेतृत्व तहसम्म पुग्न थप सहयोग पुग्ने उनको भनाइ छ।
परिवारबाट टाढा बस्दा कहिलेकाहीँ घरको याद आउँथ्यो। तर होस्टेलका साथीहरू नै उनको हौसला र प्रेरणाको मुख्य स्रोत बने। साथीहरूसँग बिताएका अनुभवले उनलाई मित्रताको मूल्य, सहकार्य (टिम वर्क) र आत्मनिर्भरता सिकायो।
व्यक्तिगत र व्यावसायिक जीवन सन्तुलन गर्न निकै चुनौतीपूर्ण हुने उनको अनुभव छ। तर समय व्यवस्थापन, प्राथमिकता निर्धारण र परिवारको सहयोगले सम्भव दुवैतिर अघि बढ्न सक्ने उनले बताइन्। सबै कुरा एकै पटक पूर्ण रूपमा सन्तुलित हुँदैन। तर, बुझाइ र सहकार्यले यात्रा सहज बनाउने उनको भनाइ छ। ‘परिवारको साथ र विश्वासले नै दुवै जिम्मेवारी प्रभावकारी रूपमा सम्हाल्न सक्षम बनाएको छ ’ उनले भनिन्। उनले पनि बैंकिङ्ग यात्रामा परिवारको साथ अत्यन्त महत्त्वपूर्ण रहेको बताइन्। श्रीमान् र परिवारको समझदारी, समर्थन र प्रोत्साहनले नै दुवै जिम्मेवारी सन्तुलन गर्न सक्षम भएको उनको भनाइ छ। परिवारको विश्वास र साथ बिना व्यावसायिक सफलता अधुरो नै रहन्छ भन्ने अनुभव उनको छ।

आफ्नो कामप्रति निकै सन्तुष्ट रहेकी लक्ष्मी बैंकिङ्ग क्षेत्रले आफूलाई सिकाइ, जिम्मेवारी र नेतृत्व गर्ने अवसर दिएको बताउँछिन्। जब आफ्नो निर्णय र प्रयासले संस्था र ग्राहक दुवैलाई सकारात्मक प्रभाव पार्छ, त्यही नै सबैभन्दा ठुलो सन्तुष्टि हो। चुनौतीहरू हुँदाहुँदै पनि हरेक दिन केही नयाँ सिक्ने अवसर मिल्नु नै आफ्नो लागी प्रेरणाको स्रोत भएको उनको बुझाइ छ।
महिला भएर काम गर्दा कहिलेकाहीँ आफूलाई प्रमाणित गर्न दोब्बर मेहनत गर्नुपर्ने अवस्था आएको उनको अनुभव छ। पारिवारिक जिम्मेवारी र व्यावसायिक दायित्व सँगसँगै सम्हाल्नु चुनौतीपूर्ण हुने उनको भनाइ छ। तर, समयसँगै कार्यक्षमता र निरन्तरताले नै विश्वास जित्न सकिन्छ भन्ने अनुभव बटुलेकी उनले चुनौतीहरूलाई अवरोधभन्दा पनि अवसरका रूपमा लिने प्रयास गरिरहेकी छिन्।



About Us
प्रतिक्रिया