धादिङ क्षेत्र नम्बर-२ मा रास्वपाका बोध नारायणले जित्ने पक्का


काठमाडौं – धादिङ क्षेत्र नम्बर २ बाट बोधनारायण श्रेष्ठ जित निश्चित भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको मतान्तर भन्दा कुल गन्न बाँकी मत कम भएसँगै रास्वपा उम्मेदवार बोध नारायण श्रेष्ठको जित सुनिश्चित भएको हो ।

श्रेष्ठले हालसम्म २४ हजार ३५२ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका रमेश धमलाले १७ हजार ९७३ मत प्राप्त गरेका छन्। अब गन्न बाँकी मत ५ हजार ४५७ रहेको छ भने ६ हजार ३७० बढी मतान्तरमा श्रेष्ठ छन्।