प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजान्छ: उपसभापति डा. वाग्ले


दमौली- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति एवं तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा.स्वर्णिम वाग्लेले प्राप्त जनमतले मुलुकलाई नयाँ दिशातर्फ लैजाने बताएका छन्।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि आज यहाँ कार्यकर्तामाझ संक्षिप्त सम्बोधन गर्दै उनले जनताले दिएको अभिमतलाई शिरोधार्य गरेर अगाडि बढ्ने र जनताको भरोसालाई टुट्न नदिने बताए।

डा. वाग्लेले भने, ‘जिम्मेवारी ठूलो छ। तनहुँ त आफ्नै ठाउँ भइहाल्यो, दुई पटक यहाँबाठ विजयी गराइदिनुभयो, त्यसको महत्त्व, आशा र भरोसालाई लत्याउने छैन। यहाँका जनताले शिर निहुराउन नपर्ने गरी काम गर्नेछु।’