काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा हालै सम्पन्न निर्वाचनको सफलताका लागि नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो सन्देश जारी गर्दै उनले नेपालको लोकतान्त्रिक यात्रामा यसलाई एउटा ‘ऐतिहासिक कोशेढुंगा’ को संज्ञा दिएका छन्।
प्रधानमन्त्री मोदीले लेखेका छन्,‘नेपालमा सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म त्यहाँका जनता र सरकारलाई हार्दिक बधाई दिन्छु। मेरा नेपाली दिदीबहिनी र दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकारको यति जीवन्त प्रयोग गरेको देख्दा निकै खुसी लागेको छ।’
उनले थप लेखेका छन्,’एउटा नजिकको मित्र र छिमेकीका नाताले भारत नेपालका जनता र यहाँको नयाँ सरकारसँग मिलेर काम गर्न कटिबद्ध छ। हामी साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न दृढ छौँ।’



About Us
प्रतिक्रिया