नवलपुर–२ मा रास्वपाका खनाल निर्वाचित


नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मनिष खनाल निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले ४१ हजार ३४७ मतसहित निर्वाचित भएका हुन्।

नेकपा (एमाले) का तिलक महतले १५ हजार ७५५ मत प्राप्त गरेका छन्। यसैगरी, नेपाली काँग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ तथा नेपाली कम्युनिष्ट पार्टीका गणेशमान महतोले एक हजार ५३८ मत प्राप्त गरे।