काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोक–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) बदन कुमार भण्डारी विजयी भएका छन्।
उनले निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका मघु प्रसाद आचार्यलाई ३५ हजार बढी मतले पछाडि पार्दै विजयी हासील गरेका हुन्।
उनले ५३ हजार ३४४ मत प्राप्त गरेका छन्, उनका प्रतिद्धन्द्धी आचार्यले १७ हजार ८६८ मत प्राप्त गरेका हुन्। त्यस्तै, उनका अन्य प्रतिस्पर्धी नेकपा एमालेका अशोक कुमार ब्याञ्जु श्रेष्ठले १३ हजार ९४० मत प्राप्त गरेका छन्।



About Us
प्रतिक्रिया