गुल्मी–१ मा रास्वपाका सागर ढकाल विजयी


काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर ढकाल भारी मतान्तरले विजयी भएका छन्। उनले ३० हजार ४४८ मत प्राप्त गरी विजय प्राप्त गरेका हुन्। 

त्यस्तै, उनले निकटतम प्रतिस्पर्धी एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीलाई १५, हजार १२० को फराकिलो मतान्तरले पराजित गरे। ज्ञवालीले १५,३२८ मत प्राप्त गरेका छन्। नेपाली काँग्रेसका उम्मेदवार चन्द्र भण्डारी १३ हजार ७३१ मतसहित तेस्रो स्थानमा रहेका छन्।