चितवन– ३ मा रास्वपाकी उम्मेदवार गौतम ३८ हजार बढी मतान्तरले विजयी


काठमाडौं – प्रतिनिधि सभा निर्वाचनमा चितवन– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम विजयी भएकी छन्। उनले ५९ हजार २ सय ७७ मत ल्याएर विजयी भएकी हुन्।

उनको निकतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले २० हजार ६ सय १५ मत ल्याइन्। गौतम र दाहालबीचको मतान्तर ३८ हजार ६ सय ६२ छ।