काठमाडौं – समयसँगै नेपाली समाजमा महिलाको भूमिका पनि विस्तार हुँदै गएको छ। परम्परागत सीमाहरूलाई तोड्दै महिलाहरू अहिले विभिन्न पेशा र क्षेत्रमा नेतृत्वदायी भूमिकामा देखिन थालेका छन्। सुरक्षा निकाय जस्तो चुनौतीपूर्ण क्षेत्रमा पनि महिलाहरूको सक्रिय सहभागिता बढ्दै गएको छ।
बाल्यकालदेखि नै उनको सपना डाक्टर बन्ने थियो। प्लस–टू सकेपछि उनले एमबीबीएस अध्ययनको तयारी गर्न २०६७ सालमा काठमाडौं आएकी थिइन्। काठमाडौंमा बसेर उनले मेडिकल प्रवेश परीक्षाको तयारीसमेत गरिन्। तर, मेडिकल क्षेत्रमा नाम निकाल्न नसकेपछि उनको जीवनले नयाँ मोड लियो। त्यसपछि उनले व्यवस्थापन विषय रोज्दै बीबीए अध्ययन सुरु गरिन्। यद्यपि, डाक्टर बन्ने सपना अधुरो रहे पनि उनले सरकारी सेवामार्फत देशको सेवा गर्ने सोच भने त्यागिनन्।
हाल नेपाल प्रहरीमा करिब ९ हजार ८३७ महिला प्रहरी कार्यरत छन्। उनीहरूले ट्राफिक व्यवस्थापनदेखि अपराध अनुसन्धान र सार्वजनिक सुरक्षा कायम गर्ने सम्मका विविध जिम्मेवारी सम्हालिरहेका छन्। त्यस्तै, जिम्मेवारी सम्हाल्दै देश र जनताको सुरक्षाका लागि खटिने महिला प्रहरीमध्ये एक हुन् प्रहरी निरीक्षक भगवती तिमिल्सिना।
सुदूरपश्चिमको कैलाली जिल्लास्थित लम्कीचुहा नगरपालिकामा सामान्य किसान परिवारमा जन्मिएकी तिमिल्सिनाको बाल्यकाल सरल र सङ्घर्षपूर्ण थियो। दाजुभाइ, दिदीबहिनी र आमाबुबासहित आठ जनाको परिवारमा उनी तेस्रो सन्तानका रूपमा हुर्किइन्। परिवार आर्थिक रूपमा कमजोर भएपनि घरबाट करिब १५ मिनेटको दूरीमा विद्यालय भएकाले उनले पढाइलाई निरन्तरता दिन सकिन्। उनले आफ्नै गाउँको सरस्वती माध्यमिक विद्यालय बाट २०६४ सालमा एसएलसी उत्तीर्ण गरिन्। त्यसपछि उच्च शिक्षा हासिल गर्न उनी कैलालीको सदरमुकाम धनगढी पुगिन्। त्यहाँको विद्या निकेतनबाट उनले कक्षा ११ र १२ विज्ञान सङ्कायमा अध्ययन गरिन्।

डाक्टर बन्ने सपना र नयाँ मोड
बाल्यकालदेखि नै उनको सपना डाक्टर बन्ने थियो। प्लस–टू सकेपछि उनले एमबीबीएस अध्ययनको तयारी गर्न २०६७ सालमा काठमाडौं आएकी थिइन्। काठमाडौंमा बसेर उनले मेडिकल प्रवेश परीक्षाको तयारीसमेत गरिन्। तर, मेडिकल क्षेत्रमा नाम निकाल्न नसकेपछि उनको जीवनले नयाँ मोड लियो। त्यसपछि उनले रसायन विज्ञान विषय रोज्दै बीएससी अध्ययन सुरु गरिन्। यद्यपि, डाक्टर बन्ने सपना अधुरो रहे पनि उनले सरकारी सेवामार्फत देशको सेवा गर्ने सोच भने त्यागिनन्।
प्रेरणाबाट प्रहरी सेवातर्फ
प्रहरी सेवातर्फ लाग्ने प्रेरणा उनलाई आफ्नो विद्यालयकै सिनियर शैलेश्वरी बोहोरा बाट मिलेको थियो। बोहोरा प्रहरी सेवामा प्रवेश गरेपछि तिमिल्सिनाले पनि यो पेशाबारे नजिकबाट बुझ्ने अवसर पाइन्। उनका अनुसार त्यसअघि गाउँघरमा प्रहरी पेशालाई त्यति आकर्षक पेशाका रूपमा हेर्ने गरिँदैनथ्यो। तर बोहोराको उदाहरणले उनलाई प्रेरित गर्याे। प्रहरी सेवामा कार्यरत कर्मचारीहरू सधैं सक्रिय, अनुशासित र सजग रहने भएकाले पनि यो पेशाप्रति उनको आकर्षण बढ्यो । प्रहरीको पोसाकले पनि उनलाई निकै प्रभावित गरेको उनी बताउँछिन्।
सन् २०१२ मा स्थापना भएको नगर प्रहरी कार्यालय भृकुटीमण्डपको अपरेसन युनिटमा हालसम्म एक मात्र महिला सिनियर अफिसरका रूपमा कार्यरत थिइन् उनी । हाल उपत्यका प्रहरी शिक्षालयमा कार्यरत छिन् भगवती तिमिल्सिना। नगर प्रहरी कार्यालय भृकुटीमण्डपको अपरेसन युनिट स्थापनादेखि नै उनी त्यही जिम्मेवारीमा खटिँदै आएकी छन्। साहस, अनुशासन र कर्तव्यनिष्ठाका कारण उनलाई उक्त अपरेसन युनिटमा जिम्मेवारी दिइएको हो। आन्दोलन, प्रदर्शन वा अन्य विशेष परिस्थिति उत्पन्न हुँदा उनी अग्रपंक्तिमा खटिन्छिन्। अवस्था सामान्य भएपछि भने उनी पुनः आफ्नो नियमित कार्य क्षेत्रमा फर्किन्छिन्। करिब २०० जना प्रहरी अधिकृत कार्यरत रहेको उक्त युनिटमा महिला सिनियर अफिसरका रूपमा उनी मात्रै एक जना छिन्।
उनका अनुसार महिला प्रहरी अधिकृतले अझै पनि समाजमा स्थापित केही पूर्वाग्रहसँग जुध्नुपरेको अवस्था छ। ‘म इन्स्पेक्टर हुँ, तर कहिलेकाहीँ मभन्दा तलको पदमा रहेका पुरुष असई वा हवल्दारलाई पुरुष भएकै कारण बढी महत्व दिइन्छ,’ उनी भन्छिन्। उनका अनुसार सर्वसाधारणले पनि कतिपय अवस्थामा महिला अधिकृतभन्दा पुरुष प्रहरीलाई नै प्राथमिकता दिने प्रवृत्ति देखिन्छ।उनको बुझाइमा समाज अझै पनि पितृसत्तात्मक सोच र संस्थागत संस्कारबाट प्रभावित छ। त्यसैले कतिपय अवस्थामा महिला इन्स्पेक्टरको नेतृत्वभन्दा पुरुष प्रहरीलाई सहज रूपमा स्वीकार गर्ने मानसिकता देखिने गर्छ।
एउटा फोनकलले देखाएको सोच
यसअघि उनी मेलम्ची इलाका प्रहरी कार्यालय मा कार्यालय प्रमुखका रूपमा कार्यरत थिइन्। त्यहाँ कार्यरत रहँदाको एउटा रोचक अनुभव उनले स्मरण गर्छिन्। एकदिन उनलाई एक व्यक्तिले फोन गरे। फोन उठाउँदै ती व्यक्तिले ‘सर नमस्कार’ भने। उनले पनि ‘नमस्कार’ भनेर जवाफ दिइन्। त्यसपछि ती व्यक्तिले ‘इन्स्पेक्टर साब हुनुहुन्छ?’ भन्दै सोधे। तिमिल्सिनाले आफू नै इन्स्पेक्टर भएको बताइन्। तर फोन गर्ने व्यक्तिले पटक–पटक ‘इन्स्पेक्टरलाई दिनुहोस्’ भन्दै आग्रह गरिरहे। उनले पुनः आफू नै इन्स्पेक्टर भएको स्पष्ट पार्दा ती व्यक्तिले आश्चर्य व्यक्त गर्दै भने, ‘होइन हजुर त महिला हुनुहुन्छ।’ त्यसमा प्रतिक्रिया दिँदै उनले जवाफ दिइन्, ‘मै हुँ इन्स्पेक्टर। महिला भएपछि के इन्स्पेक्टर हुन सकिँदैन र?’ त्यसपछि फोन गर्ने व्यक्तिले आफ्नो व्यवहारप्रति क्षमा मागेका थिए।
हाल नेपाल प्रहरीमा करिब ९ हजार ८३७ महिला प्रहरी कार्यरत छन्। उनीहरूले ट्राफिक व्यवस्थापनदेखि अपराध अनुसन्धान र सार्वजनिक सुरक्षा कायम गर्ने सम्मका विविध जिम्मेवारी सम्हालिरहेका छन्। त्यस्तै, जिम्मेवारी सम्हाल्दै देश र जनताको सुरक्षाका लागि खटिने महिला प्रहरीमध्ये एक हुन् प्रहरी निरीक्षक भगवती तिमिल्सिना।
जोखिमपूर्ण जिम्मेवारीमा पनि सक्षम
तिमिल्सिनाका अनुसार अझै पनि नेपाली समाजमा महिला नेतृत्वप्रति पूर्ण विश्वास नबसेको अवस्था छ । यही सोचका कारण कतिपय अवस्थामा महिला प्रहरी अधिकृतहरूलाई जोखिमपूर्ण जिम्मेवारी नदिने मनोवृत्ति पनि देखिन्छ ।
उनका अनुसार बाह्य व्यक्तिहरू मात्र होइन, प्रहरी संगठनभित्रका केही अधिकारीहरूले पनि महिलालाई जोखिमयुक्त स्थानमा नखटाए राम्रो भन्ने सोच राख्ने गरेका छन् । यद्यपि सबै वरिष्ठ अधिकारीमा यस्तो धारणा नभए पनि केहीमा भने यस्तो मानसिकता अझै कायम रहेको उनी बताउँछिन् ।
आन्दोलन र अनुसन्धानको अनुभव
प्रहरी सेवामा प्रवेश गर्दा उनको पहिलो तलब करिब २३ हजार रुपैयाँ थियो। सेवा अवधिमा कपन प्रहरी प्रभाग र महाराजगञ्ज प्रहरी वृत्तमा काम गर्दाका अनुभवहरू उनी आफ्नो सेवाकालका सम्झनलायक क्षण मान्छिन्। कपन प्रहरी प्रभागमा कार्यालय प्रमुखका रूपमा कार्यरत रहँदा देशमा मिलेनियम च्यालेन्ट कम्प्याक्ट (एमसीसी) संसद्बाट अनुमोदन भएपछि विभिन्न आन्दोलनहरू भएका थिए। त्यस समयमा उनी करिब ६०–६५ जना प्रहरीको टोलीको नेतृत्व गर्दै आन्दोलन व्यवस्थापनका लागि अग्रपंक्तिमा खटिएकी थिइन्। त्यही अवधिमा लागुऔषध कारोबारमा संलग्न फरार अभियुक्तहरूलाई पक्राउ गरी अनुसन्धानसमेत गरिएको उनले बताइन्।
‘तालिमसँगै अवसर पनि आवश्यक’
तिमिल्सिनाका अनुसार महिला प्रहरीहरूलाई पर्याप्त तालिम दिइनु मात्र पर्याप्त हुँदैन। उनीहरूले सिकेका सीप प्रयोग गर्ने अवसर पनि दिनुपर्छ। ‘महिला प्रहरीलाई तालिम दिने अनि जिम्मेवारी बहन गर्न दिनुपर्छ,’ उनी भन्छिन्, ‘तालिमपछि सिकेका कुरा प्रयोग गर्न पाउनु पनि आवश्यक छ। केही वर्षपछि त्यस तालिमको प्रभाव कस्तो पर्याे भन्ने मूल्याङ्कन पनि हुनुपर्छ।’ उनका अनुसार महिला नेतृत्व विकाससम्बन्धी तालिमहरू अझ बढाउन आवश्यक छ। उनको भनाइमा सङ्गठनले महिलालाई अवसर दिने प्रयास गरिरहेको भए पनि केही व्यवस्थापन पक्ष अझै सुधार गर्नुपर्ने देखिन्छ। महिला प्रहरीहरूलाई बाहिरी जिल्लामा खटाइए पनि त्यहाँ बसोबास र कार्य वातावरण पुरुष प्रहरीसरह व्यवस्थित नहुने समस्या रहेको उनी बताउँछिन्। ‘महिलालाई पनि समान जिम्मेवारी र समान विश्वास दिनुपर्छ,’ उनी भन्छिन्, ‘महिलाले पनि सबै प्रकारका काम गर्न सक्छन् भन्ने विश्वास सङ्गठनले लिनु जरुरी छ।’
व्यक्तिगत र पेशागत जीवन
प्रहरी सेवामा कामको प्रकृतिका कारण विभिन्न स्थानमा खटिनुपर्ने हुन्छ। यस्तो अवस्थामा व्यक्तिगत र पेसागत जीवनलाई सन्तुलनमा राख्न चुनौती हुने गर्छ। तर तिमिल्सिना अविवाहित भएकाले व्यक्तिगत जीवन र पेसागत जिम्मेवारीलाई सँगै अघि बढाउन तुलनात्मक रूपमा सहज भएको उनी बताउँछिन्। कर्तव्य, साहस र दृढ इच्छाशक्तिका साथ अघि बढिरहेकी इन्स्पेक्टर तिमिल्सिनाको यात्रा नेपाली महिला प्रहरीहरूको बढ्दो क्षमता र नेतृत्वको उदाहरणका रूपमा उभिएको छ।
उनी प्रहरीमा प्रवेश गरेपछिबाट नै विभिन्न युनिटहरूमा खटिएकी थिइन्। परिवारले पनि आफूलाई काममा व्यस्त हुने भएकाले गर्दा बुझ्ने गरेको उनी बताउँछिन्। उनले पनि परिवारलाई यति धेरै समय दिन सकेकी छैनन्। तर विवाहित महिलाहरूको हकमा पनि व्यक्तिगत जीवन र प्रोफेसनल जीवनलाई सँगै अगाडि लैजाने कुरा चुनौतीको विषय नै हो। उनका अनुसार विवाहित महिलालाई व्यक्तिगत जीवन र प्रोफेसनल जीवनलाई सँगै अगाडि लैजाने नसक्दा व्यक्तिगत वा प्रोफेसनलमा क्षति पुग्न सम्मका घटना देखिने पनि गरेका छन्।
उनले पुनः आफू नै इन्स्पेक्टर भएको स्पष्ट पार्दा ती व्यक्तिले आश्चर्य व्यक्त गर्दै भने, ‘होइन हजुर त महिला हुनुहुन्छ।’ त्यसमा प्रतिक्रिया दिँदै उनले जवाफ दिइन्, ‘मै हुँ इन्स्पेक्टर। महिला भएपछि के इन्स्पेक्टर हुन सकिँदैन र?’ त्यसपछि फोन गर्ने व्यक्तिले आफ्नो व्यवहारप्रति क्षमा मागेका थिए।
तल्लो तहमा पनि महिला भर्ना हुने सङ्ख्या बढ्दै गएको अवस्थामा माथिल्ला तहहरूमा बढुवा हुँदै महिला पुग्ने थिए । त्यसैले गर्दा प्रहरीमा महिलाहरू बढी भर्ना हुन आवश्यक छ। साथै, महिलाका क्षमता विकास गराउन विभिन्न पोलिसीहरू सिकाउने तालिम दिने साथै, जिम्मेवारी दिनुपर्ने उनले बताइन्। उनले भनिन्, ‘अवसर महिला र पुरुष दुवैलाई बराबर दिँदा प्रहरीका माथिल्ला निकायमा पनि महिलाका संख्यामा वृद्धि हुन्छ। यो महिला हो यसले सक्दैनन् भने भावना राख्नु हुँदैन। उसले सक्छ, भनी विश्वास गरी अवसर दिनुपर्छ।’ समान रूपमा खटाइएको अवस्था महिलाको सङ्ख्या माथिल्ला तहसम्म बढ्ने छन्। उनले अहिले सम्म तीन वटा प्रहरीका कार्यालयमा प्रमुख नै भएर काम गरेकी छिन्।

उनले अपराध अनुसन्धान, आन्दोलनका क्रममा खटिने, समारोह व्यवस्थापन लगायतका कामहरू गरिसकेकी छिन्। प्राय उनी खटिएर नै काम गर्दै आइरहेकी छिन्। अहिले विभिन्न प्रविधिहरूको विकासले गर्दा र गलत बुझाइ भएका व्यक्तिहरूले गर्दा प्रहरीमा संलग्न महिलाहरूले चुनौती सामना गर्नुपर्ने अवस्था पनि प्रहरीमा आउन सक्ने उनको भनाइ छ। कुनै आपराधिक घटनाको केस समयमा सल्टाउन नसकेको अवस्थामा त्यसले ठुलो रूप समेत लिन सक्छ। उनकाअनुसार विभिन्न आन्दोलनमा खटिने क्रममा आफ्नो सुरक्षाका साथै, समाजको सुरक्षाको जिम्मेवारी पनि प्रहरीको नै हातमा हुने गर्छ। चुनौतीकाबीच पनि साहस, अनुशासन र कर्तव्यनिष्ठसाथ अघि बढिरहेकी उनी महिला सशक्तीकरणको ज्वलन्त उदाहरण बनेकी छिन्।



About Us
प्रतिक्रिया