काठमाडौं – रुपन्देही –३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा लेखजंग थापा निर्वाचित भएका छन्। उनले प्रतिस्प्रर्धी नेपाली कांग्रेसका सुशील गुरुङ्गलाई ५० हजार मतले पछाडि पार्दै विजयी भएका हुन्।
उनले ५८ हजार ८१४ भोट प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गुरुङ्गले जम्मा ८ हजार ४३५ मत प्राप्त गरी पराजीत भएका हुन्।
यससँगै, नेकपा एमालेका वासुदेव घिमिरेले ८ हजार २७५ मत पाएका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गरेका छन्।



About Us
प्रतिक्रिया