रुपन्देही –२ मा रास्वपाका सुलभ खरेल भारी मतले विजयी


काठमाडौं – रुपन्देही –२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन्। उनले प्रतिस्पर्धी नेकपा एमालेका विष्णु प्रसाद पौडेललाई ४३ हजार ६६८९ बढी मत प्राप्त गरी विजयी भएका हुन्।

उनले ५६ हजार ५५० भोट प्राप्त गरी विजयी भएका छन्, भने उनका प्रतिस्पर्धी पौडेलले १२ हजार ८६१ मत प्राप्त गरी पराजित भएका हुन्। यससँगै, उनका अन्य प्रतिस्पर्धी नेपाली काँग्रेसका चुन्न प्रसाद शर्माले ९ हजार ३९२ मत प्राप्त गरेका छन्।