प्रतिनिधिसभा निर्वाचन : रास्वपाको वर्चस्व, २४ सिट जित्दै ९७ क्षेत्रमा अग्रता


काठमाडौं – प्रतिनिधिसभा निर्वाचन २०८२ को पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  २४ स्थानमा विजय हासिल गरेको छ। भने ९७ क्षेत्रमा अग्रता लिँदै सबैभन्दा अगाडि देखिएको छ। यससँगै रास्वपाको कुल सिट सङ्ख्या ११७ पुगेको हो । 

त्यस्तै, नेपाली कांग्रेस १० क्षेत्रमा अग्रता र ५ स्थानमा जितसहित १५ सिटमा रहेको छ,भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) १२ क्षेत्रमा अग्रता लिँदै तेस्रो स्थानमा रहेको छ। एमालेले १ स्थानमा जित हासिल गरेको छ । 

साथै, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)१० क्षेत्रमा अग्रता लिँदै प्रतिस्पर्धामा रहेको छ। भने, २ १ स्थानमा जित हासिल गरेको छ । श्रम संस्कृति पार्टीका ४ उम्मेदवार  अग्रता लिँदै प्रतिस्पर्धामा रहेका छन् ।