नेकपाले खोल्यो जितको खाता, विजयी प्रचण्डले कति ल्याए मत ?


काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) विजयी भएका छन् । आम निर्वाचनको शुक्रबार सम्पन्न अन्तिम मतपरिणामअनुसार प्रचण्ड रुकुम पूर्वबाट १० हजार २४० मतसहित विजयी भएका हुन् ।

यस्तै, एमालेका लिलामणि गौतम ३ हजार ४६२, कांग्रेसकी कुशुमदेवी थापाले ३ हजार ८१ मत पाएको छ । यससँगै नेकपाले जितको खाता खोलेको छ ।