काठमाडौं – प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विराज भक्त श्रेष्ठ विजयी भएका छन् । अन्तिम मतपरिणाम अनुसार श्रेष्ठले २४ हजार ५ सय ९२ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।
उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका सुमन सायमीलाई २१ हजारभन्दा बढीको फराकिलो मतान्तरले पछि पार्दै स्पष्ट विजय हासिल गरेका छन्।
मतपरिणाम अनुसार दोस्रो स्थानमा रहेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सायमीले ३ हजार २ सय १७ मत प्राप्त गरे। त्यस्तै सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सपना राजभण्डारीले २ हजार ८ सय ३५ मत प्राप्त गरिन्।
यसैगरी, नेकपा (एमाले)का राजेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नबिन शाहीले बराबर १ हजार ९ सय ९ मत प्राप्त गरेका छन्, भने उज्यालो नेपाल पार्टीका राजन खड्गीले १ हजार ३३ मत प्राप्त गरे।



About Us
प्रतिक्रिया