दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश


काठमाडौं – राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न अदालतले आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको इजलासले प्रसाईँलाई थुनामुक्त गर्न आदेश दिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बताए ।

प्रसाईँले अधिवक्ता सुरेश बोहरामार्फत बन्दी प्रत्यक्षीकरण रिट दायर गराएका थिए। प्रसाईँलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। यसअघि फाल्गुन १९मा न्यायाधीश कुमार रेग्मीको इजलासले प्रसाईँलाई थुनामा राख्नुको कारण सोधेको थियो ।

यसअघि पसाई पछिल्लो पटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए। उनलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबीसहित श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो।