रास्वपाका शिशिर खनाल काठमाडौँ–६ बाट निर्वाचित


काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शिशिर खनाल विजयी भएका छन्। शुक्रबार सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार कुल ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गर्दै स्पष्ट जित हासिल गरेका हुन्।

त्यस्तै, खनालका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सबुज बनियाँले ६ हजार ६४७ मत प्राप्त गरेका छन्। साथै, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत प्राप्त गरेका छन्।

काठमाडौँ–६ मा रास्वपाका खनालले प्रतिस्पर्धी उम्मेदवारहरूलाई ठूलो मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।