पुराना राजनीतिक दलको गढ नै धमाधम भत्किँदै, जनलहर रास्वपाको पक्षमा आउँदा कांग्रेस र एमालेका शीर्ष नेता नै हार्ने निश्चित


काठमाडौं – सबैजसो राजनीतिक दलका शीर्ष नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवारसँग पछाडी परेका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी लगायत दलका शीर्ष नेताहरु रास्वपाका प्रतिस्पर्धीसँग भारी मतान्तरले पछाडी परेका हुन्।

पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग उल्लेख्य मतले पछाडी परेका छन्। यसबाहेक, झापमा नै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन समेत रास्वपाका प्रतिस्पर्धीसँग भारी मतले पछाडी परेका छन्।

यसबाहेक, नेपाली कांग्रेसका सभापति गगन थापा अमरेशकुमार सिंहसँग पछाडी परेका छन् भने कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री प्रदीप पौडेल, बिमेलेन्द्र निधी लगायत चर्चित नेता समेत पछाडी छुटेका छन्।

यता नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका नेता समेत पछाडी परेका छन् भने नेकपाका सह संयोजक माधवकुमार नेपाल समेत पछाडी छुटेका छन्। तर, नेकपाका संयोजक पुष्पकमल दाहालको भने जित निश्चित बनेको छ। उनी गोर्खामा असुरक्षित देखेपछि रुकुम पूर्व पुगेका थिए। सो क्षेत्रमा उनको जित सुनिश्चित देखिएको हो।

देशभरका १४० क्षेत्रमा मतगणना चलिरहँदा धेरैजसो ठाउँमा प्रमुख दलका उम्मेदवारले जमानत जोगाउनै प्रयास गरिरहेका छन्। यस्तै, नेपाली कांग्रेस र एमालेको लालकिल्ला मानिने क्षेत्रहरुमा समेत धमाधम ढलिरहेका छन्।