काठमााडौं – प्रतिनिधि सभाको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर बन्द गरिएका भन्सार नाका सञ्चालनमा आएका छन्। निर्वाचनको शान्ती सुरक्षालाई ध्यानमा राखेर ७२ घन्टासम्म भन्सार नाका बन्द गरिन्छ। सोहीकारण, निर्वाचन सकिएलगत्तै भन्सार नाकाबाट जाँचपास सुरु भएको भन्सार विभागले जानकारी दिएको हो।
विभागका अनुसार विहीबार साँझबाटै भन्सार नाकामा आइपुगेका सामानको जाँचपास सुरु भएको थियो। यससँगै, निर्वाचनको समयमा नभएको जाँचपास नियमित भएको छ। निर्वाचन अघि सर्वसाधारणलाई खाना पकाउने एलपी ग्यासको अभाव हुने भन्दै धमाधम थुपार्न थालेका थिए।
तर, शान्तीपूर्णरुपमा निर्वाचन भएसँगै भन्सार नाका निर्वाचन सम्पन्न भएकै दिनको साँझदेखि सुरु भएको हो।



About Us
प्रतिक्रिया