काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको निर्वाचनमा उठेका २६ जना उम्मेदवारको जमानत जफत भएको छ। निर्वाचन आयोगका अनुसार रञ्जु दर्शनाले जितेको स्थानमा नेकपा एमालेसहित २६ जना उम्मेदवारको जमानत जफत भएको हो।
सो क्षेत्रमा दर्शनाले जितका लागि रास्वपाबाट १५ हजार मत कटाएकी थिइन्। यस्तै, उनका निकटतम प्रतिद्वन्दी प्रबल थापाले ६ हजार मत कटाएका थिए। उनी नेपाली कांग्रेसका उम्मेदवार हुन्।
यसबाहेक, राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले ३ हजार मत कटाउनुबाहेक सो क्षेत्रमा उठेका अन्य २६ जना उम्मेदवारले आफ्नो जमानत समेत जोगाउन नसकेका हुन्। उनीहरुले कूल खसेको मत २८ हजारको १० प्रतिशत मत पनि ल्याउन नसकेपछि जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ।
कूल ४८ हजार मतदाता रहेको काठमाडौं क्षेत्र नम्बर १ मा जम्मा २८ हजार मत खसेको थियो।



About Us
प्रतिक्रिया