रञ्जु दर्शनाबाट खोल्यो रास्वपाले खाता, नेपाली कांग्रेसले मुस्ताङबाट


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले काठमाडौं १ बाट जितको खाता खोलेको छ। रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी हासिल गर्दै रास्वपाका लागि खाता खोलेकी हुन्।

यबाहेक, १०० भन्दा धेरै क्षेत्रमा मतगणना जारी रहँदा रास्वपाले थप ८६ स्थानमा अग्रता लिएको छ। यसैगरी, नेपाली कांग्रसले मुस्ताङ क्षेत्रनम्बर १ बाट जितको खाता खोलेको छ। सो क्षेत्रमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकालीले जित हासिल गरेका हुन्।

नेपाली कांग्रेसले अन्य ९ स्थानमा अग्रता कायम गरेको छ।