काठमाडौं – देशभरका १०० भन्दा बढी क्षेत्रको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उल्लेख्यरुपमा अग्रता लिएको छ। अहिलेसम्मको स्थितीमा रास्वापाले १ स्थानमा जित हासिल गर्दै ८६ स्थानमा अग्रता हासिल गरेको छ।
यसबाहेक, नेपाली कांग्रेसले ९ स्थानमा अग्रता हासिल गर्दै १ स्थानमा जित हासिल गरेको छ। यसैगरी, नेकपा एमालेले ७ स्थानमा अग्रता लिँदा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले ८ स्थानमा अग्रता लिएको छ।
यसबाहेक, राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा अग्रता लिनुबाहेक अन्य दलले कतै पनि अग्रता लिएका छैनन्। यता महाबिर पुनले भने स्वतन्त्रतर्फबाट एक क्षेत्रमा अग्रता लिएका छन्। उनलाई रास्वापाले समर्थन जनाएको थियो।
१०० हाराहारी क्षेत्रमा मतगणना गर्दा प्रमुख पुराना राजनीतिक दलहरुलाई आफ्नो मत जोगाउनै समस्या पर्ने देखिएको छ।



About Us
प्रतिक्रिया