काठमाडौं – प्रतिनिधि सभाको मतदान समय सकिएको छ। आज फागुन २१ गतेका लागि तय भएको मतदान समय सकिएको हो। आज विहान ७ बजेदेखि साँझ ५ बजे सम्मका लागि तय भएको थियो।
निर्वाचन आयोगले अबको केही बेरमा पत्रकार सम्मेलन गरेर निर्वाचनमा खसेको कूल मतको जानकारी गराउनेछ। यसका लागि साँझ ६ बजेका लागि पत्रकार सम्मेल तय गरेको छ। आयोगका अनुसार विगतको तुलनामा यसपटकको निर्वाचन भयरहित र शान्तीपूर्ण भएको छ।
यद्यपी, देशका केही स्थानमा बुथ कब्जा र झडपको स्थिती भएको थियो। अधिकांश झडप भएका स्थानमा मतदान केहीबेरमा सुचारु भएपनि केही स्थानमा भने स्थगित भएको छ।



About Us
प्रतिक्रिया