निर्वाचन अपडेटः ९ बजेसम्म देशभरबाट खस्यो साढे ८ लाख मत


काठमाडौं – विहान ७ बजेदेखि सुरु भएको निर्वाचनमा ९ बजेसम्मको अवधिमा साढे ८ लाख मत खसेको छ। देशभरका १० हजार मतदानस्थलका २३ हजार ११२ मतदान केन्द्रमा भइरहेको मतदानमा साढे ८ लाख मत खसेको हो।

निर्वाचन आयोगका अनुसार यो ९ बजेभन्दा अघिसम्मको स्थिती हो। अहिलेसम्म बागमती प्रदेशमा उल्लेख्यरुपमा मतदान भइसकेको छ। प्रमुख नेताहरुले समेत विहानै मतदान गरिसकेका छन्। केही नेताहरु मतदान गरेर आफ्नो निर्वाचन क्षेत्रतर्फ लागेका छन् निर्वाचन क्षेत्र र मतदान केन्द्र एउटै रहेकाहरु भने मतदाता रिझाउनतर्फ लागेका छन्।