मतदान सुरु भएसँगै अत्यावश्यक बाहेकका सवारी आवागमनमा पूर्ण रोक


काठमाडौं – विहान ७ बजेदेखि देशभरका २३ हजार ११२ वटा मतदान केन्द्रमा मतदान सुरु भएसँगै देशभर अत्यावश्यक बाहेकका सवारी साधनको आवागमनमा कडाई गरिएको छ। वितगको तुलनामा संवेदनशील मानिएको यो निर्वाचनलाई भयरहित र सुरक्षित बनाउनका लागि नेपाली सेनाले सडक सुरक्षाको जिम्मा लिएको छ। यससँगै अत्यावश्यक बाहेकका सवारीसाधनको आवतजावतमा रोक लगाइएको हो।

एम्बुलेन्स, खाद्यान्न, पेट्रोलियम पदार्थ, खाना पकाउने एलपी ग्यास, तरकारी लगायत वस्तु बोकेका वस्तुलाई निर्वाध आउजाउ गर्न दिइने बताइएको छ। सडक सुरक्षालाई पूर्णरुपमा नियन्त्रणमा लिनका लागि नेपाली सेनासहित नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायत सडकमा खटिएका छन्।