देशभर निर्वाधरुपमा सुरु भयो मतदान, ५ बजेसम्म चल्ने


काठमाडौं – आज विहान ७ बजेदेखिबाट देशभरका १६५ क्षेत्रमा प्रतिनिधि सभाको मतदान सुरु भएको छ। २०८४ मा हुनुपर्ने निर्वाचन भदौ २३ र २४ को अप्रत्यासित आन्दोलनपछि प्रतिनिधिसभा विघटन भएपछि आज फागुन २१ गतेका लागि निर्वाचनको मिति तय भएको थियो। सोहीअनुसार आज विहान ७ बजेदेखि देशभर मतदान सुरु भएको हो।

मतदात बेलुका ५ बजेसम्म जारी रहनेछ। जसमा महिला र पुरुषका लागि छुट्छुट्टै लाइन कायम गरिएको छ। निर्वाचन आयोगका अनुसार देशभर विना कुनै अवरोध निर्वाचन भइरहेको छ। आयोगका अनुसार मतदाताले मतदाता परिचयपत्र, नागरिक्ता, राष्ट्रिय परिचयपत्र, लाइसेन्स, राहदानी र लालपूर्जा देखाएर मतदान गर्न पाउनेछन्।

निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदात स्थल तय गरिएको छ, जहाँ २३ हजार ११२ मतदान केन्द्र तय गरिएको छ। निर्वाचन सकिएपछि २४ घन्टाभित्रै मतपरिणाम ल्याउने सरकारले जनाइसकेको छ।