काठमाडौं- आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई प्रभाव पार्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालमार्फत भ्रामक भिडियो अपलोड तथा सेयर गरी झुट्टा अफवाह फैलाएको आरोपमा प्रहरीले हालसम्म ३२ जनालाई पक्राउ गरेको छ।
निर्वाचनको स्वच्छता र निष्पक्षतामा असर पार्ने किसिमका सामग्री सामाजिक सञ्जालमा राख्दै जनमत भ्रमित पार्ने गतिविधि गर्नेलाई प्रहरीले पक्राउ गरेको हो।



About Us
प्रतिक्रिया