काठमाडौं – निर्वाचन आयोगले धनुषा १ मा रास्वपाका उम्मेदवार रहेका किशोरी शाहको उम्मेदवारी खारेज गरेको छ। बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि उम्मेदवारी खारेज गरिएको हो।
उनीमाथि बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको आरोप लागेको थियो। आरोपको प्रमाण पुगेपछि उनको उम्मेदवारी खारेज गरिएकाे आयोगले जनाएको छ।
कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी २०८० कालोसूचीमा देखिएका रहेको र विभिन्न मितिमा उनको नाम एकल र संयुक्त रुपमासमेत चेक बाउन्ससम्बन्धी कालोसूचीमा परेकाहरुको विवरणमा उल्लेख रहेको पाइएको छ।



About Us
प्रतिक्रिया