स्रोत नखुलेको नगदसहित एक जना पक्राउ


काठमाडौं –  स्रोत नखुलेको नगद ४ लाख ६२ हजार ५ सय रुपैयाँसहित मोरङबाट एक जना पक्राउ परेका छन्। मोरङको कटहरी गाउँपालिका– ३ बाट उक्त रकमसहित जहदा गाउँपालिका-२ बस्ने २४ वर्षीय विशाल टुडु पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्र–०२–००२ च ६६१० नम्बर पिकअप गाडी जाँच गर्ने क्रममा चालक उनकाे साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।