प्रभु इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं – प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गर्ने निर्णय गरेको हो।

कम्पनीको हाल कायम चुँक्ता पुँजीको ८.७० प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.४६७९ प्रतिशत नगद लाभांश गरी कुल ९.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।

सो लाभांश नेपाल बीमा प्रधिकरणबाट स्वीकृत भई आगामि वार्षिक साधारण सभाबाट पारित भएपश्चात् वितरण गरिने कम्पनीले जनाएको छ।