काठमाडौं – आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार फागुन १९ गते सुनको मूल्य तोलामा २५ सय रुपैयाँले बढेको हो। यससँगै आज सुनको मूल्य तोलामा ३ लाख २८ हजार ६ सय रुपैयाँ पुगेको छ। हिजो सुन प्रतितोला ३ लाख २६ हजार १०० रुपैयाँमा किनबेच भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा २०५ रुपैयाँले घटेको हो। यससँगै आज चाँदी तोलामा ५ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला ६ हजार २० रुपैयाँ मा कारोबार भएको थियो।
आइतबार र सोमबार दुवै दिन ५ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार २५ सय रुपैयाँले बढेसँगै पछिल्ला ३ दिनमा सुनको मू्ल्यमा १३ हजार ७ सय रुपैयाँको वृद्धि देखिएको छ।



About Us
प्रतिक्रिया