गुडविल फाइनान्सको वार्षिक साधारण सभा चैत १० गते


काठमाडौं – गुडविल फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले ३१ औँ वार्षिक साधारण सभा चैत १० गते गर्ने भएको हो ।

सो सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन स्वीकृत गर्नेछ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण स्वीकृत गर्नेछ ।