काठमाडौं – स्वास्थ्य बीमा बोर्डले दाबी व्यवस्थापनलाई थप स्पष्ट पारेको छ । बोर्डले दाबी व्यवस्थापन कार्यलाई वैज्ञानिक तथा प्रभावकारी बनाउन थप स्पष्ट पारेको हो।
बोर्डले दाबी व्यवस्थापन कार्यलाई थप वैज्ञानिक तथा प्रभावकारी बनाउनका लागि विगतमा पत्राचार भइसकेको हुँदा सोही विषयमा थप स्पष्टताका लागि पूर्ण पत्रचार गरिएको हुँदा सोही बमोजिम गर्न गराउन अनुरोध गरेको छ ।
स्वास्थ्य बीमा बोर्डको बीमा व्यवस्थापन सूचना प्रणालीमा सेवाप्रदायक स्वास्थ संस्थाहरूले दाबी प्रविष्ट गर्दा ओपिडी, रिफरल, इमर्जेन्सीबाट भर्ना हुने हकमा भिजिट टाइपमा अदर्स राखी केयर टाइपमा ओपीडी भन्ने कोलममा अनिवार्य रुपमा आइपीडी उल्लेख गर्न भनेको छ ।



About Us
प्रतिक्रिया