ललितपुर महानगरपालिकाद्वारा जिल्ला प्रहरी परिसर ललितपुरलाई ८ थान मोटरसाइकल हस्तान्तरण


काठमाडौं – ललितपुर महानगरपालिकाले जिल्ला प्रहरी परिसर ललितपुरलाई ८ थान पल्सर मोटरसाइकल हस्तान्तरण गरेको छ।

महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जनले जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र वोगटीलाई उक्त मोटरसाइकल हस्तान्तरण गरेका हुन्। 

प्रहरीको द्रुत गस्ती र सेवाप्रवाहलाई सुदृढ गर्ने उद्देश्यले मोटरसाइकल उपलब्ध गराएको छ।