स्रोत नखुलेको १२ लाख ४७ हजार नगदसहित दुई जना पक्राउ 


काठमाडौं – स्रोत नखुलेको १२ लाख ४७ हजार नगद र लागु औषध गाजाँ सहित दुई जनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौं बस्ने ३२ वर्षीय रवीन्द्र खत्री र ३७ वर्षीय सन्तोष खत्री रहेका छन् । 

उनीहरुले काठमाडौंको काठमाडौं महनगरपालिका–९ मा रहेको एक किराना पसलबाट  १२ लाख ४७ हजार र लागु औषध गाजाँसहित दुई जनालाई नियन्त्रणमा लिएको हो। लागुऔषध ओसारपसार तथा कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–९ मा रहेको शिवानि स्टोरमा छापा मारेको प्रहरीले जनाएको छ । 

उनीहरुको साथबाट  एक हजार दरका ८५६ थान र पाँच सय दरका ७८२ थान नोट, ५० ग्राम गाँजाको धुलो र ४६० ग्राम गाँजा, बा ८८ प १३२१ नम्बरको स्कुटर र तीन थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूलाई पक्राउ गरी लागुऔषध र अवैध रकमका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।