सेबोनद्वारा सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरलाई आइपीओ निष्कासन गर्न अनुमति


काठमाडौं – धितोपत्र बोर्डले( सेबोन) सोपान फर्मास्युटिकल्स र याम्बलिङ हाइड्रोपावरलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छiss। बोर्डले फागुन १७ यि दुबै कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो।

जसमा, सोपान फर्मास्युटिकल्सले ४२ करोड ९० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्नेछ। कम्पनीले प्रतिकिता १०० रुपैयाँ अंकित दरका कुल ४२ लाख ९० हजार कित्ता आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

साथै,याम्बलिङ हाइड्रोपावरले २८ करोड रुपैयाँबराबरको आइपीओ जारी गर्नेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल २८ लाख कित्ता आईपीओ बिक्री गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।